धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को मृत्यु भएको हो ।
उनको शनिबार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशीको उपचार भइरहेको छ ।