कञ्चनपुर :उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश विकासको मेरुदण्ड दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउँदा मन्त्रीकै नियोजित रूपमा विरोध हुन थालेको छ ।
२०६६सालमा सरकारले घोषणा गरेको सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाई ५अर्ब ४६ करोडको टेन्डर आह्वान भयसँगै मन्त्री भण्डारीको विरोध भएको हो । भारत सरकारको लगानीमा निर्माण हुने उक्त आयोजना सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्रै नभई मुलुकको विकासको मेरुदण्डको रूपमा रहेको आयोजना हो ।
१५ वर्षअघि घोषणा भए पनि कछुवा गतीमा काम अघि बढेको उक्त बन्दरगाह भण्डारी मन्त्री नियुक्त भयसँगै द्रुत गतिमा अघि बढेको हो । निर्माण प्रक्रिया नजिकिँदै गर्दा विकास विरोधी तत्त्वहरू सलबलाएका छन् । विरोधी तत्त्वहरू कहिले आन्दोलनको चेतावनी दिन्छन् त कहिले मन्त्री कै विरोधमा उत्रिन्छन् ।
सुदूरपश्चिम प्रदेशकै इतिहासमा नेपालमा उत्पादित बस्तुको बजारीकरण गर्ने हेतुले यस आर्थिक वर्षमा कञ्चनपुर उद्योग, वाणिज्य सङ्घ मार्फत भारतको देहरादुनमा आयोजना गरिएको व्यापारिक मेलाको लागी सरकारले १करोड ५० लाख रकम छुट्ट्याइएको थियो । जुन मेलालाई भारत सरकारले पनि अत्यन्त महत्त्व दिँदै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मेला उद्घाटन गरेका थिए । धामीले मेला उद्घाटनको क्रममा यस्ता मेला महोत्सवको आयोजनाले दुई देश बिचको व्यापारिक सन्तुलन कायम हुनुका साथै जनस्तरको सम्बन्ध विस्तार हुने र निकट भविष्यमै सम्पन्न हुन गइरहेको दैजि छेला औद्योगिक क्षेत्रमा भारतीय लगानीकर्ताहरूको आकर्षण बढ्ने बताएका छन् । उद्घाटनमा बोल्नुहुँदै मुख्यमन्त्री धामीले नेपाल सरकारले उक्त मेला सञ्चालनका लागि गरेको सहयोग र सहकार्यका लागि सरकार तथा उद्योग मन्त्रालयलाई धन्यवाद दिनुभएको छ ।
नेपालको केन्द्र भागमा रहेका सङ्घ संस्थाहरूले यस्ता मेला महोत्सवहरू विभिन्न देशहरूमा आयोजना गर्ने गरेको भए पनि सुदूरपश्चिममा रहेका संस्थाहरू मार्फत आयोजना हुने गरेका थिएनन् । यस्ता मेला महोत्सवहरूको आयोजना मार्फत नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार हुने मन्त्रालयले विश्वास लिएको छ ।
दोधरा चादनि सुख्खा बन्दरगाहको काम द्रुत गतिमा अघि बढ्दा, मन्त्री भण्डारी बिरुद्ध को लागे ?
दोधरा चादनि सुख्खा बन्दरगाहको काम द्रुत गतिमा अघि बढ्दा, मन्त्री भण्डारी बिरुद्ध को लागे ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु