धनगढी । जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पाँचौ हार बेहोरेको छ । शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३ विकेटले पराजित भएसँगै ७ खेल खेलेको सुदूरपश्चिमले ५ खेलमा हार बेहोरको हो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८।५ ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले ५७ र प्रकाश पाण्डेले ४२ रन जोडेपनि अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् । बलिङमा एपीएफका अमर रौतेला र रोहित पौडेलले समान ३र३ विकेट लिए भने भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए ।
१९२ रनको लक्ष्य पछ्याएको एपीएफले सन्दीप जोराको ५१ रनको मद्दतमा ३६।३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । सन्दीप बाहेक एपीएफलाई जिताउन आसिफ शेखले ३२, लोकेश बमले १९ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २र२ विकेट लिए ।