धनगढी । कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । सहरी क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भइरहेको समस्यालाई मध्यनजगर गरेर उपमहानगरपालिकाले आधुनिक शौचालय निर्माण गरेको हो ।
जसमध्ये दुई वटा शौचालय स्थलमा खानेपानी उपलब्ध हुने वाटर एटीएमसमेत राखिएको छ । पाँच वटा शौचालय धनगढी उपमहानगरपालिकाको कार्यालय र एउटा जाइकाले बनाएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए । आधुनिक शौचालयमा सानो चमेना गृह सञ्चालन गर्नसक्ने सटर र एक जना बस्न सक्ने कोठासमेत बनाइएको छ ।
महिला, बालबालिका, पुरुष र फरक क्षमताका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी सुविधायुक्त शौचालय बनेको इन्जिनियर भट्टको भनाइ छ । “पहिलेका शौचालय जस्तो यी शौचालय रहँदैनन्”, उनले भने, “सरसफाइमा विशेष ध्यान दिइने छ ।”
धनगढी उपमहानगरपालिकाले बनाएको पाँच वटा सार्वजनिक शौचालय आगामी वैशाखबाट प्रयोगमा आउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि जाइकाले निर्माण गरेको वाटर एटीएमसहितको शौचालय भने हस्तान्तरण हुन बाँकी रहेको छ । करिब एक करोड ३८ लाख रुपियाँ खर्चेर आधुनिक शौचालय निर्माण गरेको