धनगढी । कैलाली ट्राफिक प्रहरीले सवारी साधनमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने भएको छ । सवारी साधनमा प्रेस लेखेर दुरुपयोग बढेपछि कैलाली पत्रकार महासंघले ट्राफिक प्रहरीलाई कडाई गर्न आग्रह गरेको थियो ।
जिल्ला ट्राफिक कार्यालय कैलालीले जिल्लामा सवारी दुर्घटना न्यूनिककरण कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुसंग गरेको छलफल कार्यक्रममा त्यस्तो आग्रह गरिएको हो । जिल्ला ट्राफिक कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक चक्रबहादुर देउवाले नेपाल पत्रकार महासंघ कैलालीको आग्रहलाई कडाईका साथ पालन गर्ने बताए ।
प्रहरी निरीक्षक देउवाले प्रेस लेखेका सवारी साधन चलाउने व्यक्तिको कागजपत्र तथा प्रेस कार्ड अनिवार्य हुनुपर्ने छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सवारी साधनमा प्रेस नलेख्न अनुरोध गरेका छन् । ‘सकेसम्म सवारी साधनमा प्रेस नलेख्नुहोस्’ अध्यक्ष देउवाले भन्नुभयो, ‘यदि लेख्नुहुन्छ भने आफू कार्यरत मिडियाको नाम अनिवार्य लेख्ने र प्रेस कार्ड अनिवार्य बोकेकै हुनु पर्ने बताए ।’