धनगढी । कैलालीमा अवस्थित कान्द्रा नदीले वर्षायाममा बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि पाँच करोड लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो ।
भजनी नगरपालिका(९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताए ।
यसैगरी, गौरीगङ्गा नगरपालिका(९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका(११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ । तटबन्धनपछि उर्बर भूमि संरक्षाण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन् ।