धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व रहेको बताएका छन् । खखडेहरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्दै उनले यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिएको बताएका छन् ।
‘रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो। यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिन्छ ।’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले पर्वले राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै पुरानो पुस्ताबाट नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘सामाजिक सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता का माध्यमबाट राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ , ‘यस्ता पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउँदै आगामी दिनमा निरन्तरता दिनका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताको नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न आवश्यक छ।’
उनले खडखडेहरा पर्व २०८१ ले सबै नेपालीजनमा नयाँ उत्साह सुख समृद्धि र उमङ्ग छर्दै न्यायपूर्ण सभ्य सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पनि कामना गरेका छन् ।
पश्चिम तराइका आदिवासी राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खख्डेहरा मनाइन्छ । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ । नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बसोबास गर्ने राना थारु समुदायले एकैनास यो पर्व मनाउने गर्छन् ।