धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र २३ गते गर्ने सहमति भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार चैत्र ५ गते सबै क्याम्पसमा निर्वाचनको मिति तोकिएको थियो तर उक्त क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।
समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिइएको थियो ।
यता निर्वाचन स्थगितको सूचना आए लगतै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ ।