धनगढी । कैलालीको धनगढीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन् । बिहीबार धनगढीबाट लम्कीचुहाका २, धनगढी र गोदावरीका एक एक जना पक्राउ परेका हुन ।
लम्कीचुहा नगरपालिका ९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीय रेनुका चौधरी र १८ वर्षीय किशोरी लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–३ मा सुदूरपश्चिम प्रदेश ०१–०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेलमेट भित्र लुकाइ राखेको अवस्थामा चालक धनगढीको बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका–६ बस्ने २१ वर्षीय रबी चौधरी पक्राउ परेका छन्।
उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।