धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ३ सय बराबरको बिडी, सुर्ती, पानिपुरी लगायतका सामान प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ७ हजार ६५० बराबरको जुत्ता, कपडा, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।