धनगढी । कैलालीमा होरीको दिन मात्र ८ वटा सवारी दुर्घटना भएका छन्। कैलालीका विभिन्न स्थानहरूमा होलीको दिनमा ८ वटा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी, लम्की चुहा नगरपालिका–२ गणेशचोक, टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प, बर्दगोरिया गाउँपालिका–२ दोधरा, गोदावरी नगरपालिका–४ बुढीतोला, बर्दगोरिया गाउँपालिका–१ मुडा, धनगढी उपमहानगरपालिका–१३ भित्री सडक र लम्की चुहा नगरपालिका–१० चुहामा सवारी दुर्घटना भएका हुन।
लम्की चुहा नगरपालिका–२ गणेशचोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएके हो। मोटरसाइकलमा सवारी २ जना पुरुष घाइते भएका छन्। उनीहरूको लालरन्त अस्पताल लम्कीमा उपचार भएको छ। टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ९२५४ नम्बरको मोटरसाइकलले ६५ वर्षीय वृद्धलाई ठक्कर दिएको छ। उनलाई नेपालगञ्ज रेफर गरिएको छ। मोटरसाइकल चालको लम्कीमा उपचार हुँदैछ।
यता, बर्दगोरिया गाउँपालिका–२ दोधरामा सुदूरपश्चिम प्रदेश ०१००७ प ९४६१ नम्बरको मोटरसाइकलले ६ वर्षीया बालिकालाई ठक्कर दिएको छ। गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ८५८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १८ वर्षीय युवक घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा गाउँमा से ३ प ४०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा २७ वर्षीय र २६ वर्षीय २ युवा घाइते भएका छन्। उनीहरूलाई नेपालगञ्ज रेफर गरिएको छ। धनगढी उपमहानगरपालिका–१३ भित्रि सडक खण्डमा से ७ प २८६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो। उनलाई पनि नेपालगञ्ज् रेफर गरिएको छ। मोटरसाइकल चालक १८ वर्षीय युवकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
उता कैलालीको लम्की चुहा नगरपालिका–१० चुहामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ६४१८ नम्बरको मोटरसाइकलले १५ वर्षीय युवकलाई ठक्कर दिएको छ। उनलाई पनि कोहलपुर रेफर गरिएको छ।