धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा स्थानीय १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।
शुक्रवार नदीमा नुहाउने क्रममा डुबेका दुवै जनाको शव घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नदीमा डुबेका अन्य २ जनाको भने उद्धार गरिएको छ । । स्थानीय १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको हो । घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।