धनगढी । बैतडीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।
महाकाली राजमार्ग अन्तर्गत सतबाँझ – गोकुलेश्वर सडक छेउमा शनिबार बिहान ८ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको उनले बताए ।
पाण्डेका अनुसार शवको पहिचान हुन सकेको छैन ।