धनगढी: धनगढीमा लोक भजन गायन प्रतियोगिता हुने भएको छ । चौतारी कला समाज धनगढीको आयोजनामा प्रतियोगिता हुने भएको हो । आगामी चैत ४ गते धनगढीको शिवपुरी धाममा प्रतियोगिता आयोजना हुने चौतारी कला समाज धनगढीकी अध्यक्ष हेमन्ता भट्टराइले बताइन् ।
लोप हुँदै गएको धर्म, संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको उनले बताइन् । एउटा भजन गायन समुहमा ५ देखी १० जना हुनुपर्ने छ । यसका साथै भजन ५ देखी १० मिनेट भित्र सक्नुपर्ने नियम राखिएको छ । समाजले पत्रकार सममेलन गर्दै चैत १ गतेसम्म टिम दर्ता समय रहेको जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार पुरस्कार राखिएको छ । प्रतियोगितालाई नेपाल सगिंत तथा नाट्य प्रज्ञा प्रतिस्ठानले प्रायोजन गरेको छ ।