बैतडी – बैतडीमा गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका कर्णबहादुर बिष्टलाई सार्वजनिक गरिएको छ । लेनदेनको विषयमा झगडा हुँदा गत फागुन १७ गते दोगडाकेदार गउँपालिका– ८ कै २१ वर्षीय युवक सुरेन्द्र विष्टलाई गोली हानेर फरार भएका कर्णलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । गोली हानेर भागेका उनलाई दार्चुलाको दत्तुबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० मकेन्द्र मिश्रले गोली प्रहार गरी फरार भएको ६ दिनपछि अभियुक्तलाई दार्चुलाबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।
‘भरुवा बन्दुकले गोली हानेर फरार भएको सूचना प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेका थियौँ,’ मिश्रले भने, ‘प्रतिवादी ‘स्याल’ भनेर चिनिने कर्णबहादुर विष्ट २३ गते पक्राउ परेका हुन् । १० दिन म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।’ पत्रकार सम्मेलनमा प्रहरीले दिएका जानकारीअनुसार फरार भएका विष्टले आफ्नो झोला फालेर हिँडेको, हतियार लुकाएर हिँडेको देखिएको छ । उनलाई पक्राउ गरेको दुई दिनपछि गोली लोड गरिएको अवस्थामा भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले बताएको छ ।
विष्टमाथि कर्तव्य ज्यान तथा हात हतियार खरखजाना मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ । उनीसँग रहेको भरुवा बन्दुक अवैध रहेको प्रहरीले जनाएको छ ।