धनगढी: डोटीको बिपिनगर स्थित केदार सुर्य बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तीकारी बिद्यार्थी सगंठन र एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) बिच तालमेल भएको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तरगतका क्याम्पसहरुमा आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियु) निर्वाचनका लागी अखिल क्रान्तीकारी बिद्यार्थी सगंठन र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन बिच तालमेल भएको हो ।
तालमेल गरेर दुइटै सगंठनका तर्फबाट मनोनयन गरिएको छ । क्याम्पसको स्वबियु सभापतिमा अखिल क्रान्तीकारीका तर्फबाट यसोदा बोहराले उमेदवारी दर्ता गराएकि छिन् । सचिवमा अनेरास्वबियुका तर्फबाट बिक्रम साउँदले उमेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तीकारीका उमा बोहरा, सदस्यमा क्रान्तीकारीका शान्ति खडायत, अनेरास्वबियुका लिला साउँद र बिनिता बि.कले उमेदवारी दर्ता गरेका हुन् ।
समानुपातिक सदस्य तर्फ क्रान्तीकारीका जानकी साउँद, अनेरास्वबियुका हिक्मत देउवा, बिमल साउँद, टेक बहादुर साउँद र निरुता छेडालले उमेदवारी दर्ता गराएका हुन् । दुई सगंठनको एलायन्स सगैं ढुक्कले निर्वाचन जितिने अध्यक्षका उमेदवार यसोदा बोहराले बताइन् ।