धनगढी: नेकपा एमाले शुरु गरेको ३ महिना मडा केन्द्रित जरा अभियान तिब्र छ । कैलालीको चुरे गाउँपालिकामा अभियान अन्तिम चरणमा पुगेको छ । चुरे गाउँपालिकाका १,२,४ र ५ नम्बर वडामा अभियान सम्पन्न भएको नेकपा एमाले चुरे गाउँ कमिटिका उप सचिव राम भाटले जानकारी दिए ।
६ वटा वडा रहेको चुरेका ४ वडामा अभियान सम्पन्न भइसकेको बताउँदै उनले अब दुई वटा वडा बाँकी रहेको जानकारी दिए । नेताहरु टोल÷टोलमा पुगेर टोल कमिटि गठन गर्दै जनतालाई अभियान बारे र सरकारका काम तथा पार्टी गतिबिधि बारे जानकारी गराइरहेको भाटले बताए । चुरेका ३ नम्बर र ६ नम्बर वडाको केही टोल मात्रै बाँकी रहेकाले केही दिनमै अभियान सम्पन्न हुने उनको भनाई छ । अभियानबाट कार्यक्रता र जनतामा एमाले प्रती लगाव बढेको उनले बताए ।