धनगढी: धनगढीमा होली उत्सव हुने भएको छ । तराई होलीको दिन चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुन लागेको हो । प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्ट नेपाल र फारवेस्ट मिडियाको आयोजनामा होली उत्सव हुन लागेको हो । ब्यवस्थित रुपमा होली पर्व मनाउने उद्देश्य सहित १ गते धनगढी रगंशालामा होली उत्सव आयोजना गरिएको प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्टका अध्यक्ष प्रकाश कुमार चन्दले बताए ।
उत्सवमा ज्योती मगर, डिजे कल्पित लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने चन्दले बताए । होली उत्सव दिउँसो १२ बजेदेखी ५ बजेसम्म चल्ने उनले बताए । उत्सवमा प्रवेश शुल्क २ सय रुपयाँ राखिएको छ । होली उत्सव क्षेत्रमा धुम्रपान तथा मध्यपान बिक्रि वितरण निषेध गरिएको छ ।