धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आइतबार साँझ बसेको प्रदेश सभाको पाँचौँ अधिवेशनको १८ औँ बैठकबाट धन्यवाद ज्ञापनको प्रस्ताव पारित भएको हो ।
प्रधानमन्त्रीले आइतबार बसेको प्रदेश सभाको १७ औँ बैठकबाट प्रदेश सभालाई विशेष सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनका लागि उहाँलाई प्रदेश सभाले धन्यवाद ज्ञापन गर्दछ भन्ने प्रस्ताव सभामा पेस गरिएको थियो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य विक्रमसिंह धामीले सो प्रस्ताव प्रदेश सभामा पेस गर्नुभएको थियो भने नेकपा ९एमाले० का प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले प्रस्तावको समर्थन गर्नुभएको थियो ।
प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो । यसैबिच प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाद्धारा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित
सुदूरपश्चिम प्रदेश सभाद्धारा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु