धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा लागेको अन्धकार भन्ने रोगलाई सदाका लागि निर्मूल पार्न आवश्यक रहेको बताए । उनले पार्टीमा लडाइ हुन्छ । भोट हाल्दा खेरी एक भएर कांग्रेसमै भोट हाल्न सकेको भए पार्टी अगाडि बढ्ने थियो । यसको सुरुवात सुदूरपश्चिमबाटै हुनुपर्छ ।
त्यस्तै देउवाले संविधानमा भएको समानुपातिक व्यवस्थाले कुनै पनि दलको बहुमत आउने स्थिति नभएको बताए । कांग्रेस एक भएर लागे बहुमत ल्याउन सक्ने उनले दावी गरे । पार्टीभित्रको आफ्नो मतभेद, असन्तुष्टि, प्रतिष्पर्धालाई एउटा पाटोमा राखेर एकमत भएर लाग्यौँ भने आगामी निर्वाचनमा काग्रेसले बहुमत ल्याउन सक्ने दावी गरे । समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नभएका कारण गठबन्धन गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।
त्यस्तै महामन्त्री गगन थापाले नेपाली नागरिकले पटक–पटक पाटीहरु लाई सहयोग गरेपनि पाटीहरुले नागरिकको चाहना पुरा गर्ने नसक्दा अहिले नागरिकको असन्तुष्टी लाई लियर केहिले खेल्न खोजेको बताए ।
थापाले अहिलेको व्यवस्था नचाहनेहरु आगोमा रोटी सेक्नतर्फ लागेको बताए । व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले स्वीकार गरे । थापाले अब २०८० देखि २०९० को १० बर्ष लाई विकासको दशक घोषण गदै नागरिकको निरासा लाई चिर्न जरुरी रहेको बताए । थापाले कांग्रेस नेतृत्वको सहकारले मात्रै त्यो कुरा गर्ने बताए । नेपालीले लोकतन्त्रको विकल्प नखोज्ने बताए ।
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बताए । सभापति पाँच पटक पधानमन्त्री बनिसकेको स्मण गदै शर्माले ‘छैठौ पटक बन्ने कुरा ठुलो नभएको बताए ।
उनले केपी ओलीलाई, प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले देखिसकेका छौं । राष्ट्रपति बनाएको पनि देखेका छौं । हुनसक्छ काँग्रेसका कसै अरुलाई पनि प्रधानमन्त्री बनाएको पनि देख्न सक्छौं । राजाको शासनको समयमा बोल्नसमेत नपाइएको स्मरण गर्दै महामन्त्री शर्माले त्यो व्यवस्थाप्रति कसैको पनि चासो नरहेको दाबी गरे