धनगढी । सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु आज धनगढी जाँदैछन् । आज आयोजना हुने कांग्रेस सुदूरपश्चिम कार्यसमितिको पहिलो प्रदेश सम्मेलन उद्घाटनका लागि सभापति देउवा धनगढी पुगेका हुन् ।
सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, दिलेन्द्र बडूलगायत पनि धनगढी पुगेका छन् ।
सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का लगायतका केही नेता भने आइतबार नै धनगढी पुगिसकेका छन् ।