बाजुराः बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको ट्याक्टरको ट्रली मुनी च्यापिई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
ट्याक्टरमा सवार अन्य तीन जना मध्ये चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन्। घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरी ले जनाएको छ। अन्य दुई जना सकुशल रहेका छन्। ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी ट्याक्टरको ईन्जिनको भाग २५० मिटर र ट्रली ५० मिटर तल खसेर आइतवार राति ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।