धनगढी – प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पराजित भएको छ । आइतबार कर्णाली प्रदेश सँग भएको पहिलो खेलमा सुदूरपश्चिम ७९ रनले पराजित भएको हो । कर्णालीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक २७, किरण ठगुन्ना र शेर मल्लले १३र१३ रन बनाए । कर्णालीका लागि स्पिनर दीपेन्द्र रावतले ९ ओभरमा ३३ रन खर्चिएर सात विकेट लिए । यस्तै, कप्तान दीवान पुनले दुई विकेट लिए ।
त्यसअघि दाङको लमहीमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४०.४ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । उसका लागि अर्जुन घर्तीले ९४ बलमा तीन छक्का र तीन चौकासहित सर्वाधिक ७१ रन बनाए । दिनेश अधिकारीले १७ तथा कप्तान दिवान १२ रन जोडे ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले चार, नारायण जोशीले दुई तथा शेर मल्ल, भोजराज भट्ट र मिलन बोहराले एक÷एक विकेट लिए ।