धनगढी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट बस्ने दलबहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आइतबार दिउँसो स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।