धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ चर्राको कर्मेश्वर माविमा एक समुह भारतिय मोटरसाईकलमा बिद्यालय प्रबेश गरेपछि बिवाद भएको छ । फागुन २२ गते एक समुह भारतिय नम्बरका ६ बटा मोटरसाईकल सो बिद्यालयमा गरेका थिए ।
फागुन २१ गते बुधबार कक्षा १२का बिद्यार्थी बिच बिवाद भएपछि भारतिय मोटरसाईकलमा एक समुह २२ गते प्रबेश गरेका थिए । भारतिय मोटरसाईकल सवार भने नेपाली नै रहेको बताईएको छ । पुरानो बिवादका कारण अभिभावकहरु आएको बताईएको छ । भारतिय नम्बरका मोटरसाइकल प्रयोग भएको भन्दै केही विद्यार्थील बिरोध भएपछि प्रहरीलाई बोलाईएको थियो । ६ भारतिय र एक नेपाली नम्बरको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुरानो बिद्यार्थीहरु बिचको बिवादलाई विद्यालयमै मिलापत्र भएसकेको बिषय फेरी २२ गते अभिभावक आएपछि बिषय थप उग्र बनेको कर्मेश्वर माविका प्रधानाध्यापक लिलाराम बिश्वकर्माले बताएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल अहिले ईलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ । नियन्त्रणमा लिएका मोटरसाइलकको कागजात हेरेर छोडिने ईलाका प्रहरी कार्यालय भजनीका ईन्चार्ज प्रहरी निरिक्षक युवन चौधरीले बताएका छन् । नियन्त्रणमा रहेका भारतिय मोटरसाईकल प्रकृया पुगाएर नेपाल प्रबेश गरेको हो की होईन त्यही अनुसार जरिवाना गरिने निरिक्षक चौधरी बताएका छन् ।