धनगढी: धनगढीमा श्री दुर्गा भवानी टूर एण्ड ट्राभल्स प्रा.लि.को धनगढीमा कार्यालय उद्घाटन भएको छ । एक महिना अघिदेखि धनगढीदेखि भारतको बैंगलोर र भारतको बैंगलोरदेखि धनगढीसम्म वस सेवा दिर्दै आएको श्री दुर्गा भवानी टूर एण्ड ट्राभल्स प्रा.लि.को धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४, ट्राफिक चौराहमा कार्यालय उद्घाटन गरिएको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालयको उद्घाटन गर्दै अध्यक्ष पुष्पराज कुँवरले ट्राभल्स व्यवसायी सेवा मुखी व्यवसायी भएको र हाल धेरै ट्राभल्स व्यवसायी सञ्चालनमा रहेको बताउँदै अरुभन्दा फरक तरिकाले अगाडि बढे सफल हुने बताए ।
टूर एण्ड ट्राभल्स प्रा.लि. का अध्यक्ष दिपेन्द्रबहादुर पुजाराले हरेक दिने धनगढीको चौराहबाट छुट्ने एसीसहितको बस गौरीफन्टा, पलिाया कलाँ, भोपाल, हैदरबाट हुँदै बैंग्लोरसम्म र सोही रुट भएर धनगढी फर्किने बताए । उनले यात्रा गर्न चाहने यात्रुले नेपालका लागि दिपेृन्द्र पुजारा, धर्मराज सेठ्ठी, लख्खन बुढा, बिरेन्द्र जप्रेल र राजेन्द्र पुजारा तथा बैंग्लोरका लागि हरिश पुजारा, दिपेन्द्र पुजारा, नरेश जप्रेल, पुरन चलाउने, विकास बोहरालाई सम्पर्क गर्न अनुरोध गरे ।
सञ्चालक सदस्य धर्मराज सेठ्ठीले धनगढीदेखि बैंगलोरसम्मको यात्रा गर्न भारु २ हजार ८ सय टिकटबाफतको रकम लाग्ने बताए ।