बैतडी– नेपाल निर्माण उद्योग परिषद् बैतडीको नयाँ कमिटि चयन गरिएको छ । मंगलबार सम्पन्न परिषद्को प्रथम जिल्ला अधिवेशनले जिल्लाको नयाँ कमिटि चयन गरेको हो ।
अधिवेशनले निर्माण व्यवसायी भुवन जोशीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा नविन बोहरा, सचिवमा पदमराज अवस्थी, उपसचिवमा हिक्मत बहादुर चन्द र कोषाध्यक्षमा धर्मेन्द्र कपाडी रहेका छन् ।