धनगढी: धनगढी उपमहानगरपालिकाले विद्युत् विस्तार गर्न ५० प्रतिशत लगानी गर्ने भएको छ। धनगढीमा विस्तार भएका बस्तीहरूमा विद्युत् लाइन विस्तार गर्न उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्ने भएको हो।
धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रको बिचमा ५०र५० प्रतिशत लगानीमा विद्युत् विस्तार गर्ने सम्झौता भएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती र नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहीवारले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। धनगढी उपमहानगरपालिकामा विस्तार भएका वस्तीहरूमा विद्युत् लाइन विस्तारमा भएको खर्चको ५० प्रतिशत धनगढी उपमहानगरपालिकाले तिर्ने भएको छ।
वडा विकास बजेटको बजेटको व्यवस्था भई आएको वडाहरूमा वडाहरूबाट र उपमहानगरपालिकाले समेत ५० प्रतिशत विद्युत् लाइन विस्तारमा लगानी गर्ने भएको छ। धनगढी उपमहानगरपालिकामा नयाँ विद्युत् लाइन विस्तारमा संयुक्त लगानी गनिरे भएको हो। धनगढी उपमहानगरपालिकाले प्राधिकरणलाई सम्पूर्ण रकम दिने छ। वडाहरूको सिफारिस, उपमहानगरपालिकाको प्राविधिक तथा वडाहरूको समन्वय रहेने छ। प्राविधिक छनौट, बोलपत्रका दस्ताबेज तयार, खरिद गर्ने र निर्माण कार्यको सुपरिवेक्षण नेपाल विद्युत् प्राधिकरणले गर्ने छ।