बैतडीः बैतडीमा बाख्राखोरमा बाघले आक्रमण गर्दा ६ वटा बाख्रा मरेका छन्।
जिल्लाको जिल्लाको पाटन नगरपालिका–२ सिन्टोल्का शंकरसिहँ महराका ६ वटा बाख्रा मरेका पाटन नगरपालिका–२ का ओडाअध्यक्ष महेशप्रसाद पन्तले बताए। खोरमा रहेका ६ वटा बख्रामध्ये ५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको अध्यक्ष पन्तले बताएका छन्। पक्षिल्लो समयमा पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयहरूले बताएका छन्।