कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सभापतिमा लोकराज जोशी निर्वाचित भएका छन् । सोसाइटीको ४९औं साधारण सभाले जोशीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । जोशी यसअघि सोसाइटीको मन्त्री थिए ।
जोशीसंग कैलाली रेडक्रसको महिला उपाध्यक्षमा दीपा बडायक, मन्त्रीमा राकेश हमाल, कोषाध्यक्षमा गोविन्दप्रसाद जोशी, उपमन्त्रीमा भीमबहादुर महर र उपकोषाध्यक्षमा रंगप्रसाद तिमिल्सिनिना निर्वाचित भएको निर्वाचन अधिकृत खडकबहादुर खड्काले बताए । त्यस्तै रेडक्रसको उपसभापति र १० खुल्ला सदस्यका लागि भने निर्वाचन भएको निर्वाचन अधिकृत खड्काले बताए । उपसभापतिमा बलबहादुर रावल निर्वाचित भएका छन् । रावलले जगदिश्वर पण्डितलाई पराजित गरेका छन् ।
यसैगरि सदस्यहरुमा छत्रबहादुर बम, धौलीकुमारी जोशी, मिनाकुमारी साउद, टोपबहादुर केसी, मीनाकुमारी चौधरी, धर्मराज जोशी, पुष्करबहादुर मल्ल, तारा साउद, दिनेशकुमार लामिछने र सुरतबहादुर स्वार निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले बताए । यसअघि निवर्तमान सभापति बासुदेव बिनाडीको सभापतित्वमा भएको संघको साधारण सभाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।