धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । शनिवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उप–महानगरपालिका – १ पुष्पलाल चोकबाट ६० मिलिग्राम लागू औषध सहित स्थानीय ३० वर्षीय लोकेन्द्र कठायत पक्राउ परेका छन् । सोही क्रममा प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने लागू औषध प्रयोगकर्ता अन्दाजी २१ वर्षीय मनिष कुन्जेडालाई पनि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै शनिवार नै भीमदत्त नगरपालिका – ३ भाँसीबाट ३ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका – ३ का २७ वर्षीय अजय चौधरीले चलाएको सु प प्र ०२ ००४ प १३१६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका – ३ का २५ वर्षीय राकेश चौधरीको साथबाट ०।५ ग्राम लागू औषध जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोही मोटरसाइकलमा सवार १८ वर्षीय भारतीय युवकलाई समेत पक्राउ गरेको छ ।
कैलाली कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ
कैलाली कञ्चनपुरबाट लागू औषध सहित ५ जना पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु