धनगढी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले प्राथमिकताका आधारमा विकास हुने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित शिवगंगा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको शनिबार आयोजित १९ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘पहिले भन्दा अहिले विकास निर्माणका काम धेरै भएका छन् । विस्तारै प्राथमिकताका आधारमा विकास हुँदै जाने हो । बाटोघाटो बनेका छन् । अहिले सडक कालोपत्रे,ग्राभेल भएका छन् । यहाँ नदीमा तटबन्धनको समस्या छ । तटबन्धनका काम पनि भइरहेका छन ।’
त्यस्तै उनले भ्रष्टाचार र कुशासन अन्त्य नभएसम्म देश अगाडि नबढ्ने बताए । उनले भने ‘अहिलेको दशक सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने हो । कुशासनले देश समाजवाद तिर जान सक्दैन् ।’ जताततै भ्रष्टाचार छ । यसको अन्त्य हुन आवश्यक छ ।’ उनले भने ‘भ्रटाचार गर्नु अपराध हो । यो अन्त्य नहुँदा देश बिग्रिन्छ ।’