धनगढी । अछामको कमलबजार विमानस्थलको उद्घाटन कार्य रोकिएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले उद्घाटन गर्ने भनि तय गरिएको कार्यक्रम रोकिएको हो ।
प्रतिकुल मौषमका कारण कार्यक्रम रोक्नुपरेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रशाद ढकालले बताए । उनले मौषममा सुधार आए केही दिनमा विमानस्थलको उद्घाटन गरिने बताए ।
पुस १३ गते परीक्षण उडान सम्पन्न भएपश्चात् नियमित उडानका लागि तयारी गरिएको छ । कमलबजारदेखि नेपालगन्ज र काठमाडौँका लागि तारा एयरसँग सम्झौता भएको नगरप्रमुख ढकालको भनाइ छ ।