धनगढी: बुवा गुमाएको तिन दिनमै छोरीकोपनि मृत्यु भएको छ । त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहरा फागुन १३ गते राती कार्यालय नजिकै मृत फेला परे । मोहन बोहरा मृत फेला परेको तेश्रो दिन आज बिहान उनकी छोरी निर्मला बोहराको दुर्घटनामा परी मृत्यु भएको छ । बुवाको मृत्यु भएपछि नवलपरासी गएकि निर्मलाले बुधबार शव पोस्टमार्टम गरेर राती घरतर्फ हिनेकि थिइन् । स्थाई घर दार्चुला भएका कारण उनको शव अन्त्यस्ठीका लागी दार्चुला लगिदै थियो ।
बुवाको शव पठाएर अत्तरियाबाट महेन्द्रनगर जाँदै गर्दा आज बिहान निर्मलाले ज्यान गुमाएकि हुन्् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा आज बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने निर्मला बोहराको मृत्यु भएको हो । निर्मला र उनका भाई अध्यायनको शिससिलामा महेन्द्रनगरमा भाडामा बस्दै आएका थिए ।
मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।
बुवाको शव घर नपुग्दै छोरीको समेत ज्यान गएपछि गाउँनै शोकमा डुवेको छ ।