धनगढी: ब्रोकर नम्बर ३८ दिपसिखा धितोपत्र कारोबार कम्पनिले ग्राहकलाई निकै दुख दिने गरेको खुलेको छ । सेयर बिक्रि गरेको दुई सातासम्म समेत रकम उपलब्ध नगराउने लगायतका समस्याले ग्राहक हैरान छन् । सेयर बिक्रि गरेको रकम दुई साता देखी महिना दिनसम्म उपलब्ध नगराएपछि ग्राहकहरु कारोबार बन्द गराउन थालेका छन् । केही ग्राहको एक महिनासम्म समेत रकम उपलब्ध नभएको गुनासो बढेको छ । सोही कारण दिपसिखा छोडेर धेरै ग्राहकहरु अन्य ब्रोकर कम्पनिबाट कारोबार गराउन बाध्य भएका छन् ।
दुई सातासम्म सेयर बिक्रि गरेको रकम नआएपछि आज मात्रै धनगढीका एक युवक कम्पनिको धनगढी कार्यालय पुगे । फागुन ४ गते मैले ११ लाख रकमको सेयर बिक्रि गरेको थिए ति युवकले भने “४ दिनभित्रै रकम खातामा आउनुपथ्र्यो एक सातासम्म नआएपछि साखा कार्यालय देखी केन्द्रिय कार्यालयसम्म फोन गरे तर आउँछ, केही छिनमा आउँछ भन्ने पैँसा खातामा नआउने भयो, मैले अति आवश्यक भएर सेयर बिक्रि गरेको हुँ, रकम खातामा आउँछ भनेपछि मान्छे चेक साँट्न कति दिन लाइनमा बस्यो तर पैँसा आएन ।”
ग्राहकले ४ दिनभित्र सेयर खरिदको रकम नहाले कम्पनिले २० प्रतिशत पेनाल्टी लगाउँदै आएको छ । तर ग्राहकले सेयर बेचेको रकम करिब दुई सातासम्म समेत आएन हामीलाई हर्जाना कोले दिन्छ “उनले भने यो कम्पनिले जहिले यस्तै गर्दै आएको छ, म यहाँबाट खाता बन्द गराउँछु, मान्छेलाई दुख दिने, सेयर बिक्रि गरेको रकम समेत नदिने यस्ता गतिबिधि ठिक होइन, आगामी दिनमा नदोहोरिउन ।”
दिपसिखा धितोपत्र कारोबार कम्पनि धनगढी साखाका अपरेशन इन्चार्ज प्रेम सर्माले बिषेशगरी ४ दिनभित्रै सेयर बिक्रिको रकम ग्राहकले प्राप्त गर्नुपर्ने बताए । उनले भने “केही बिषेश कारण उहाँको रकम रोकिएको हुनसक्छ, म आजै हाल्ने प्रयास गर्छु ।”