धनगढी । कञ्चनपुरमा ट्रकले माेटरसाइकललाई ठक्कर दिदा एक युवतीकाे मृत्युु भएकाे छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ काे वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको माेटरसाइकललाई ठक्कर दिएकाे हाे ।
ट्रककाे ठक्करबाट माेटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बाेहराकाे मृत्यु भएकाे कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले जानकारी दिए ।
उनकाअनुसार माेटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।
ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।