धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीका सुदूरपश्चिमका नेताहरू सँग छलफल गर्दै छन् । लामो समयदेखि संसदीय दलको नेताको विवाद टुङ्ग्याउन उनी छलफल गर्न लागेका हुन । प्रचण्ड सँग छलफल गर्न नेता खगराज भट्टसहितका नेताहरू काठमाण्डौं मै छन् । जनतासँग माओवादी अभियानका क्रममा कोसी प्रदेशमा रहेका प्रचण्ड पनि छलफलका लागि आजै काठमाण्डौं पुगेका छन् ।
सुदूरपश्चिममा माओवादी केन्द्रको संसदीय दलको नेताको विवाद एक वर्ष देखि कायमै रहेको छ । २०८० माघ १२ गते संसदीय दलको नेताबाट खसराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसपछि पटक पटक विवाद समाधानका लागि पार्टी अध्यक्ष प्रचण्डले नै अग्रसरता लिए पनि अझै समस्या समाधान हुन सकेको छैन । जसले गर्दा अहिले माओवादी भित्र शक्तिशाली मानिएका नेता खगराज भट्ट भूमिका विहीन बन्न पुगेका छन् ।