धनगढी: कञ्चनपुरबाट नौ ग्राम ६३० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन। जिल्लाको पुनर्वास नगरपालिका–१ गणेशबस्तीका सुरेश राना लागुऔषधसहित पक्राउ परेका हुन।
लागुऔषध ब्युरो शाखा कार्यालय, धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रानाको साथबाट ५८० मिलिग्राम र उनको कोठाबाट नौ ग्राम ५० मिलिग्राम लागुऔषध फेला पारेको हो। प्रहरीले उनको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।