धनगढी: धनगढी स्थित कैलाली बहुमुखी क्याम्पमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन” आयोजना हुने भएको छ । शिक्षा, नवप्रवर्तन र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश सहित फागुन १५ र १६ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको सम्मेलनका सयोजक मोहन शिहं साउदले बताए ।
सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल हुने साउदले जानकारी दिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्य-पश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, गंगा एस स्कूल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली बिश्वबिद्धालय एवं शैक्षिक सस्थाको प्रस्तुति रहने साउदले जानकारी दिए । सम्मेलनमा २६ वटा बिदेशि बिश्वबिद्धालयका प्रबुद्ध ब्याक्तीहरुको सहभागीता रहने छ ।
अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्नासाहेब डांगे कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारत लगायत बिश्वबिद्धालयका बौद्धिक ब्यक्ति सहभागी हुने छन् ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानबाट सम्मेलनमा सहभागी हुन विभिन्न बौद्धिक ब्यक्तिहरु धनगढी पुगेको सयोजक साउदले जानकारी दिए ।