धनगढी । कैलालीमा यात्रुबाहक भ्यानकाे ठक्करबाट बालककाे मृत्युु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका -१ काे लालरत्न अस्पताल अगाडि साेमबार सुपप्र ०१००१ च ३७४७ नम्बरकाे भ्यानकाे ठक्करबाट साेही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले लम्कीचुहा नगरपालिका-५ की उर्मिला विष्टका ६ वर्षीय छाेरा जेनिसकाे भ्यानकाे ठक्करबाट मृत्यु भएकाे बताए ।
उनकाअनुसार पश्चिमबाट पूर्व तर्फ पैदल हिडिरहेका बेला भ्यानले ठक्कर दिदा घाइते भएका विष्टकाे उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे । भ्यान र चालक अछामकाे मंगलसेन नगरपालिका-४ बस्ने २३ वर्षीय भाेजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।