धनगढी: नेकपा एमालेले शुरु गरेको वडा केन्द्रित जरा अभियानले तिब्रता पाएको छ । हरेक वडामा पुगेर नेताहरु जनताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल गरिरहेका छन् । हालसम्म उपमहानगरपालिकाको ४,१२,१३ र १९ नम्बर मा जरा अभियान सम्पन्न भइसकेको उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लले जानकारी दिइन् ।
पाटीले शुरु गरेको तिन महिने वडा केन्द्रित जरा अभियानलाई तिब्रता दिएको उनले जानकारी दिइन् । हालसम्म चार वटा वडामा जरा अभियान शुरु गरिसकेका छौँ अध्यक्ष बिष्ट मल्लले भनिन् “आज फागुन १२ गते मात्रै ३,९ र १४ नम्बर वडामा जरा केन्द्रित अभियान शुरु हुँदै छन्, पाटीले निर्देशन गरे अनुसार हामी केन्द्र, प्रदेश र जिल्लाका नेताहरु जनताका टोल÷टोलमा पुगिरहेका छौँ, उहाँहरुका समस्या सुनिरहेका छौँ र तिनको समाधानका लागी सम्बन्धित निकायसगं पहल गर्ने छौँ ।”
अध्यक्ष मल्लले उपमहानगर भरी हरेक टोलमा पाटीका टोल कमिटि समेत गठन भइरहेको बताइन् । जरा अभियानमा जनताको ब्यापक उपस्थिती देखिएको बताउँदै उनले अब धनगढीमा एमालेको जबरजस्त उपस्थिती हुने दावी गरिन् । आगामी चैत सम्म जरा केन्द्रित अभियान जारी रहने उनको भनाई छ ।