जे.बि कुँवर: सर्वप्रथम त यो देशका अभिभावक तथा नेकपा एमालेका श्रदेय अध्यक्ष सम्माननिय प्रधानमन्त्री के पि ओली ज्युलाई जन्मदिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आज बिहानै देखि सामाजिक संजालहरूमा सम्माननिय प्रधानमन्त्री ज्युलाई जन्मदिनको शुभकामना दिनेहरूको ठुलो भिड छ । त्यहि भिडमा कहिकतै अपमानित र असभ्यतापुर्ण शब्दहरू द्वारा प्रधानमन्त्री ज्युलाई सरापेको पनि देखियो । जन्मदिनमा श्रद्धाञ्जली भन्ने शिक्षा र संस्कार विश्वको कुनै पनि देशमा छैन । ज जसले यस्तो कुसंस्कार लाई अंगाल्छन तिनिहरू कुशिक्षित र कुसंस्कारी हुन । व्यक्तिगत रूपमा कोहि कसैप्रति असन्तुष्ट हुनु, कृयकलापहरू चित्त नबुझ्नु, रिस उठ्नु, फरक धारणा राख्नु मानव जिवनका लागि स्वभाविक कुरा हो ।
तर देशको नेतृत्व गरिरहेका अभिभावक लाई सामाजिक संञ्जालमा श्रद्धाञ्जली भन्नेहरू तपाईहरू कुन देशको नागरिक हुनुहुन्छ रु कस्तो संस्कारमा हुर्किनु भएको छ ? भोलि तपाईंहरूको पार्टि पनि सरकारको नेतृत्व गर्ला, तपाईहरूको मनपर्ने नेता प्र.म. होला उतिवेला पनि यही संस्कार देखाउनु हुन्छ कि ? देश अहिले मात्रै पछाडी परेको पनि होइन ? भौगोलिक अवस्था र अर्थतन्त्र यसका प्रमुख कारण हुन (सहायक कारण धेरै छन) । यो देश बनाउने प्रधानमन्त्री एक्लैले पनि हैनन, यो देश बनाउने जिम्मेवारी तपाईं हाम्रो पनि हो ।
युवा पिढिहरूले मनको आवेगलाई नियन्त्रण गर्न सक्दैनन र अफवाह फैलाउदै जान्छन भने न यो देश तपाईं हामिले कल्पना गरेको जस्तो हुन्छ, न त समाज नै । यथार्थ कुरा के हो ? खोजि गर्नुपर्छ । सामाजिक सत्भावमा प्रत्यक्ष असर पर्ने गतिविधिहरू कोहि कसैलाई स्विकार्य हुन सक्तैनन । सरकारको नेतृत्वकर्ता आजिवन एउटै व्यक्ति भइराख्ने पनि होइन । भोलि त्यो ठाउमा हामी कसरी पुग्ने रु हामि पुगेनौ भने हाम्रा सन्ततिहरूलाई कसरी पुगाउने अर्थात आफ्नो मनपर्ने पार्टी र नेतालाई त्यो ठाउमा कसरी पुगाउने रु त्यसकालागि हामिले अहिले देखि कस्तो संघर्ष गर्ने र आफ्नो आचरण कसरी सुधार्ने भन्ने कुराहरूमा ध्यान दिनुपर्छ । आफुले आर्जन गरेको शिक्षा र दिक्षालाई सहि ढंगले प्रस्तुत गरौ । संयमित बनौ ।
नेतृत्वबर्गले पनि यो कुरा बुझ्न जरूरी छ कि, यता जनता संग र उता नेतृत्वकर्ताहरू संग प्रत्यक्ष रूपमा जोडिएका बिचौलियाको कारणले आफ्नो र पार्टिको क्रेज दिनप्रति लिन घट्दै छ भनेर । जसले बिना जागिर राजनिती बाटै अथाह सम्पति जोडेका छन, छोरा छोरीहरू मंहगा विद्यालय तथा विश्वविद्यालयहरूमा पढाईरहेका छन, विलासि जीवन विताइरहेका छन । नेतृत्वकर्ताको नाम लिने चन्दा असुलि गर्ने, घरव्यवस्था चलाउने, योजनाहरूमा कमिसन खाने जस्ता फोहोरी गतिविधिहरू जब सम्म रोकिदैनन तब सम्म नेतृत्वकर्तामा अनेकौ भार थपिदै जाने प्रष्ट देखिन्छ । अहिले जनताहरूको बिचमा जस्ता सुकै लोकपृय कार्यक्रमहरू लगे पनि पत्याउने स्थिति देखिदैन । दिनदिनै राजनितीक वितृष्णा पैदा हुँदै गइरहेको अवस्था सृजना भएकोछ । प्रत्येक समाजमा भाडभैलोको स्थिति देखा परेको छ । यो सबैको एउटै कारण हो विचौलिया प्रवृत्ति हावि हुनु । नेता तथा नेतृत्वकर्ताले भुईमान्छेहरूका कुरा नसुन्नुर वास्ता नगर्नु अनि धनाड्यहरूको संगत र विलासि सेवारसत्कारमा मन भुलाउनुले यस्ता थप्रै संकटहरूको निर्माण गर्दछ ।
हिजो नेकपा माओवादी सरकारमा हुदा पनि थुप्रै आरोप र गालि बेज्जति देखिएकै थिए । अहिले सरकारको नेतृत्वमा नेकपा एमाले छ अनेकौ चुनौतिहरूको सामना गर्दागर्दै पनि गालि वेज्जति गर्नेहरूको संख्यामा कमि आएको छैन । भोलि नेपाली काङ्ग्रेसको सरकार बन्ने बेलामा पनि यही प्रवृति देखा पर्छ । पुराना दलहरूको सरकार हुदा मात्रै हैन भविष्यमा अन्य कुनै दलहरूको नेतृत्वमा सरकार बने पनि यहि प्रवृत्ति रहन्छ । यस्को जिम्मेवारी कसले लिने रु तपाईं हामी सबै संयमित हुने कि नहुने ?
लेखक जे.बि कुँवर
अनेरास्ववियु शुदुरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष हुन्