महेन्द्रनगर – कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन । जिल्लाको पुनर्वास नगरपालिका-३ रामबस्तिमा बिध्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका हुन ।
आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प। २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
दुर्घट्ना भएपछि बस चालक घटना स्थलमै बस छोडेर भागेको स्थानियले बताएका छन । घाइते तामाङलाई तत्काल उपचार का लागि पुनर्वास पोलिक्लिनिक आई बि आर डी मा स्थानियहरुले पुर्याए पनि उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको बताइएको छ ।