बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्नया गाउँपालिका–८ ढोलेको बजालाउने धारमा जिप दुर्घटनामा हुँदा तीन जना घाइते भएका हुन । शनिबार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ बर्षीय दिपक कैनी, सोही ठाउँका ४५ बर्षीय टेक कैनी र ५६ बर्षीय शिव पार्की घाइते भएका छन ।
जिपमा चालकसहित ६ जना सवार रहेकामा दुई जना सकुशल रहेको र, जिप चालक ३२ बर्षीय केशव कैनी फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ ।