बैतडी: बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा भीमबहादुर थापाले नेपाली नागरिकता प्राप्त गरेका छन्। ‘सतचालिस वर्षदेखि उनि आफन्त खोज्दै थिए । उनका बारेमा समाचार प्रकाशन भएपछि बैतडीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थापालाई बोलाएर आफन्तका बारेका सोधखोज गरेका थिए । लामो समयसम्म मातृत्व र पितृत्वको ठेगाना पत्ता लाग्न नसकेपछि थापालाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले नेपाल नागरिकता ऐन, २०६३ अनुसार आमाबुवाको नामका ठाउँमा मातृत्व र पितृत्वको ठेगाना नभएको उल्लेख गर्दै वंशजका आधारमा नागरिकता दिएको हो ।
नागरिकता नहुँदा स्वास्थ्य बिमालगायतका सेवासुविधाबाट वञ्चित थापाले नागरिकता पाएपछि आमाबुवा पाए जस्तै लागेको बताए । उनले मजदुरको पीडा पनि सरकारले सुनेको बताए । आफन्त नमिले पनि नागरिकता मिलेकोमा खुसी लागेको उनको भनाइ छ । दशरथ चन्द नगरपालिका–४, कठपतेका स्थानीय नारद पाण्डेयको संरक्षण रहने गरी नेपाली नागरिकताको प्रमाणपत्र दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताए ।
उनले भने, “भीम थापाले पाँचरछ महिनाअधि नै नागरिकताका लागि निवेदन दिनुभएको रहेछ । उनको बारेमा सबै कुरा बुझेर नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता दिएका हौँ । नेपाल सरहदभित्र जन्मेर आमाबुवा र पितृत्वको ठेगाना नभएकाले पनि नेपाली नागरिकता पाउने व्यवस्था अनुसार वडाको सिफारिसमा थापालाई नागरिकता दिएका हौँ ।”
विसं २०३३ मा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी कठपते आएका आफन्तसँग सडकमै बिछोड भएको थापाले बताश्ए । दाङ जिल्ला घर बताउने थापा बाल्यकालमै सडकमा छुटेकाले आमाबुवाको नाम ठेगाना थाहा नभएको बताए । नागरिकता प्रमाणपत्र देखाउँदै थापाले आफन्तले छाडेर गएको सडक किनारकै स्थानीयको घरमा ४८ वर्षदेखि आश्रय लिएर बसिरहेको बताए ।
आमाबुवासँग बिछोड हुँदाको पीडा सुनाउँदै उनले भने, “आमाको अनुहार थाहा छैन । सायद म सानै छँदा बित्नुभयो कि रु बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् ।गोरखापत्रबाट