धनगढी । नेपालबाट भारतमा लगी यौनजन्य कार्यमा लगाउने तथ्याङ्क अझै डरलाग्दो छ । नेपालका ग्रामीण भेगबाट विभिन्न प्रलोभनमा दलालहरूले महिला तथा बालबालिकाहरूलाई भारतमा लगेर बेचबिखन गर्ने गरेका छन् ।
यस्ता महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको माइती नेपालका अनुसार पछिल्लो १ वर्षमा मात्रै यस्ता १४ जना महिलाको भारतबाट उद्धार गरिएको छ । संस्थाका संयोजक महेश्वरी भट्टले २०२४ मा खटिमा, हरियाणा, शाहजहापुर, राजिस्थान, मुम्बई , पिथौरागढ सहित भारतका स्थानबाट यौनजन्य कार्यमा बन्धक बनाइएका बालबालिका तथा महिलाको उद्धार गरिएको बताइन् ।
उनले भारतको सुरतबाट सिराहाका, दिल्लीबाट धनुषाका, पुनाबाट काभ्रेपलान्चोक र तनहुँका, देहरादुनबाट बझाङ र कपिलवस्तुका एक–एक महिला तथा बालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको बताइन् ।
उद्धार गरिएका मध्ये ६ जना कञ्चनपुरका रहेका छन् । माइती नेपालको २०२४ मा ३ जना माथि मुद्दा चलाएको भए पनि पीडित महिला बालिकाहरूले समाजमा बस्न समस्या हुने गरेका कारण मुद्दा चलाउन नमान्ने गरेको संस्थाका संयोजक भट्टले बताइन् । उनले कानुनी अड्चनका बिच पनि मानव बेचबिखन विरुद्ध एक जना र दुई जना विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाइन ।
‘पीडित महिला बालिकाहरूले समाजमा बस्न समस्या हुने गरेका कारण मुद्दा चलाउन पीडित नै मान्दैनन्’ उनले भनिन् ‘जस कारण पनि सन् २०२४ मा तीन जना विरुद्ध मुद्दा चलाइएको छ ।’