धनगढी: कैलाली जिल्ला अदालत घेराउ गरिएको छ। आर्थिक शोषण विरुद्ध जागरण अभियान, मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलन कारीहरूले शुक्रवार अदालत घेराउ गरेका हुन।
कैलालीसहित नेपाल भरीका जिल्ला अदालतहरूमा घेराउ गरिएको उनीहरूले बताएका छन्। मिटर ब्याजीहरूको विरुद्धमा आन्दोलन थालिएको हो। मिटर ब्याजी विरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुश्वाले आर्थिक शोषण विरुद्ध जागरण कार्यक्रम रहेको बताए। माघको १४ गतेसम्म जिल्ला भेल गरेको आन्दोलनकारीहरूले कार्यतालिका अनुसार विरोध गर्दै आएका छन। उनीहरूले १२–१७ गतेसम्म हड्पेको घर–जग्गा कब्जा गर्ने, १८ गते जिल्ला प्रहरीमा जाहेरी दिने, २० गने काठमाडौँमा कार्यक्रम गर्ने र २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ। आयोगको कार्यविधि सार्वजनिक गर्न उनीहरूले माग समेत गरेका छन्।
मिटर ब्याजी विरुद्धमा देशभरी संगठन तयार पारेर विरोधका कार्यक्रम गर्दै आएको उनले बताएका छन्। कैलाली–कञ्चनपुरबाट पनि ठुलो सङ्ख्यामा पीडितहरू उक्त आन्दोलनमा जोडिएका छन्।