धनगढी । भूमि आयोग कैलालीका विज्ञ सदस्य कमल सिंह राना एक लाख नगदसहित सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले रानालाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट शुुक्रबार एक लाख नगद र कदरपत्रसहित सम्मान गरेको हो । प्रतिष्ठानले रानालाई सृजनाका माध्यमबाट नेपालका तराई÷मधेश क्षेत्रमा बोलिने मातृभाषा ९रानाथारु० साहित्यको समृद्धिमा पुगाएको विशिष्ट योगदानवापत सम्मान गरिएको जनाएको छ ।
रानालाई राष्ट्रिय मातृभाषा कविता महोत्सवमा प्रमुुख अतिथि समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका कुलपति भुपाल राईले नगदसहित सम्मान गरेका हुन् । राना हालै भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीको विज्ञ सदस्यमा नियुक्त भएका थिए ।