धनगढी । कैलालीमा अनियन्त्रित भएर मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–६ को नवलपुुरमा से ६ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकसहित पछाडि सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक जोशीपुुर गाउँपालिका–७ बस्ने ४० वर्षीय कालीराम चौधरी अचेत अवस्थामा भेटिएका छन् । यस्तै, पछाडी सवार २९ वर्षीय पथुुरा चौधरी र भजनी नगरपालिका– ६ बस्ने २७ वर्षीय विजय चौधरी पनि घाइते छन् । उनीहरु तीनै जनाको टीकापुरमा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
तीनै जनाले मादक पदार्थ सेवन गरेको पाइएको बताउँदै उनले साथमा कागजपत्र समेत नभेटिएको बताए ।