धनगढी : धनगढीको फाप्ला खेल मैदानमा जारी कैलाली प्रिमियर लिग –३ शुुक्लाफाँटा नगरपालिकाको टिमले पहिलो जित हाँसिल गरेको छ । पुुनर्वास नगरपालिका ए लाई ६ विकेटले पराजित गर्र्दै प्रतियोगीतामा पहिलो जीत निकालेको छ ।पुुनर्वास नगरपालिका ए ले दिएको १५५ रनको लक्ष्य शुुक्लाफाँटा नगरपालिकाले १९।३ ओभरमा ४ विकेट गुुमाउँदै पुुरा गर्यो ।शुुक्लाफाँटा नगरपालिकाका लागि सुुरज तिरुवाको अलराउण्ड प्रर्दशन गरे । उनले बलिङ तर्फ २ विकेट तथा ब्याटिङ तर्फ अविजित ५३ रन बनाए । उनी म्यान अफ दी म्याच चुुनिए । शुुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक बिस्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा बिस्टले १४ बलमा ३१ रन बनाए ।
त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित ७ रन बनाए । पुुनर्वास नगरपालिका ए का लागि पारस शाहीले २ तथा निरज ऐर र सन्तोष दियालले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुुनर्वास नगरपालिका ए टिमले निर्धारित २० ओभरमा ७ विकेट गुुमाउँदै १५४ रन बनाएको थियो । पुुनर्वास नगरपालिका ए का लागि कप्तान अविनास सिंह र संदिप भण्डारीको जोडीले ६८ रनको साझेदारी गरेको थियो । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन ,पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुुनार १३ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन । शुुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुुई दुुइ तथा सुुरज तिरुवा र अशोक धामीले समान एक एक विकेट लिए ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको कैलाली प्रिमियर लिगको यो तस्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुुर नगरपालिकाको टिमले जितेको थियो भने दास्रो संस्करण डडेल्धुुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समुुहमा विभाजित गरिएको छ । समुुह ए मा गोदावरी नगरपालिका,पुुर्नवास नगरपालिका ए र शुुक्लाफाँटा नगरपालिका,समुुह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुुर्नवास नगरपालिका बी,समुुह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समुुह डी मा भीमदत्त नगरपालिका,लम्कीचुुहा नगरपालिका र परशुुराम नगरपालिका रहेका छन ।लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समुुहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफदी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुुने प्रतियोगीतामा पुुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुुने आयोजकले जनाएको छ ।